Aamsanchar

२२.३ प्रतिशत कानुन विपरित विवाह

Author Image
शनिवार, चैत ११, २०७९

काठमाडौँ । नेपालको प्रचलित कानुन विपरित विवाह गर्नेको व्यक्तिहरुको संख्या २२.३ प्रतिशत रहेको तथ्याङक सार्वजनिक भएको छ ।
नेपाल सरकार राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको नतिजा अनुसार उक्त प्रतिशतमा कानुन विपरित विवाह भएको हो ।

कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष हो भने १८ वर्षको उमेरसम्मका ब्यक्तिलाई बालबालिका नै मानिने कानुनी व्यवस्था छ । तर २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको सार्वजनिक नतिजा अनुसार १५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरुको ठुलो संख्या देखिएको छ ।

पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा गर्नेहरु ३४ दशमलव ४ प्रतिशत रहेका छन् ।

प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । कुल जनसंख्याको विवाहित मध्ये पुरुष ५९.१ प्रतिशत र महिलाहरु ६४.३ प्रतिशत रहेका छन् ।

दश वर्षमूनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् भने १० देखि १४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउने आंकडा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर