Aamsanchar

मधुमेहका विरामीले कस्ता खानेकुरा खाने, कस्तो नखाने ?

Author Image
आइतवार, चैत १२, २०७९

निश्चय पनि खानपानसँग शरीरको सोझो सम्बन्ध छ । कुनैपनि रोग लाग्नु वा कुनैपनि रोगको निदान खोज्नुमा खानपानको भूमिका हुन्छ । कस्तो खाने, कसरी खाने भन्ने कुराले पनि हाम्रो स्वास्थ्यलाई राम्रो र नराम्रो गरिरहेको हुन्छ । त्यसैले यी आधारभूत कुरा जान्नैपर्छ ।

अक्सर हामी मधुमेहमा चिनी खानै हुन्न भन्छौं, उच्च रक्तचापमा नुन पूर्णत बन्द गर्नुपर्छ भन्छौं, फ्याटी लिभरमा चिल्लो पर्दाथ खानै हुन्न भन्छौ ।

अर्कोतर्फ व्यस्त जीवनशैली तथा तनावका कारण हामी खानामा खासै ध्यान दिदैनौ । जसले गर्दा हामी गलत खानेकुरा खाने गर्दछौं । जुन स्वास्थ्यवर्दक नहुन सक्छ । यस्ता खानेकुराले स्वास्थ्य सम्बन्धि कुनै न कुनै समस्या अवश्य निम्त्याउँछ । र, नचाहदाँ नचाहँदै चिकित्सकका जानु पर्छ । यदी तपाई पनि चिकित्सकका जान चाहनुहुन्न भने यो जान्न आवश्यक छ कि मधुमेहका रोगीे के खाने के नखाने रु

मधुमेह

के खाने ?

> हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग ।

> प्रोटिन तथा फाइबरयुक्त खानेकुरा ।

> फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा इत्यादी । सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रोँ ।

> दैनिक एक मुठ्ठी ड्राई फ्रुट्सको सेवन ।

> कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

के नखाने ?

> गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा ।

> मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने ।

> तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा ।

> आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।

> स्टार्च तथा कार्बोहाइड्रेट्सयुक्त खानेकुरा आलु, कटर, सखरखण्ड, चुकन्दर पनि खानुहुँदैन। किनकी यस्ता ग्लूकोजको मात्रा अत्याधिक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर