Aamsanchar

जानौँ काँक्रोका १० फाइदा 

Author Image
आइतवार, चैत १२, २०७९

खानालाई स्वास्थ्य बर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रूपमै पनि संसारभर काँक्रो पोषक तत्वको एक अंगको रुपमा रहँदै आएको छ । विभिन्न अध्ययनले पनि काँक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काँक्रोमा भएको एन्टिबाइटिक र एन्टी अक्सिडेन्ट तत्त्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।

जानौँ काँक्रोका १० फाइदा 

१, शरीरमा पानीको कमी हुन दिदैँन

काँक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा काँक्रोको सेवन पनि गर्न सकिन्छ ।

२, मुटु स्वस्थ राख्न सहयोगी

काँक्रोमा पोटासियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै काँक्रोमा रहेको पोटासियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ ।

३, मस्तिष्क स्वस्थ राख्छ

स्ट्रबेरी र अंगुरमा जस्तै काँक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्त्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

४, बुढ्यौली रोक्छ

छाला चाउरीपना रोक्ने सौन्दर्य प्रसोधनका सामानमा काँक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । काँक्रोमा छाला चाउरीपना  रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।

५, क्यान्सरको जोखिम कम गर्छ  

काँक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।

६, दुखाई कम गर्छ

‘जर्नल अफ योङ फार्मासिष्ट’ मा प्रकाशित एक अनुसन्धान रिर्पोटिङ अनुसार काँक्रोलाई परम्परागत रुपमा टाउको दुखाई कम गर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । यस्तै काँक्रो बीजले शरीरलाई चिस्याउने र काँक्रो सेवनबाट मुत्र जन्य समस्या हट्ने सो रिर्पोटमा उल्लेख छ ।

७, श्वास गनाउन बाट मुक्त  

सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । काँक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।

 ८, हड्डीलाई बलियो बनाउँछ

काँक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ । भिटामिन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित काँक्रो सेवन गरे हड्डी मजबुत बन्ने चिकित्सकहरूको सुझाब छ ।

९, कब्जियत हुन दिदैँन  

काँक्रोमा प्रशस्त मात्रामा पानी हुन्छ र यसको बाहिरी भागमा प्रशस्त मात्रामा रेसाहरू हुन्छन् । पानी र रेशाले शरीरको पाचन क्रियालाई शसक्त बनाउँछ । जसले कब्जियतको समस्यालाई दूर गराउँछ ।

१०, तौललाई बढ्न दिदैँन

काँक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ ।   यस बाहेक पनि काँक्रोलाई विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोको सलाद, अचार र जुसका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले खानाको विकल्पको काम पनि गर्छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर