Aamsanchar

नेपाल जेसीजद्वारा फरबरी  महिनाको क्षेत्र (क) उत्कृष्ट शाखा अवार्ड वीरता जेसीजलाई

Author Image
आइतवार, चैत १२, २०७९

बिर्तामोड । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने उत्कृष्ट शाखा अवार्ड अन्तरगत फरबरी महिनाको उत्कृष्ट शाखा अवार्ड झापा बिर्तामोडमा रहेको वीरता जेसीजलाई प्रदान गरिएको छ ।

क्षेत्र ‘क’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड वीरता जेसीजलाई प्रदान गरिएको हो । भर्खरै काठमाडौँमा सम्पन्न भएको नेशनल काउन्सिलर एकेडेमीको समापन समारोहमा वीरता जेसीजलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।
अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पाइलट तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर महेश दाहाल, ट्रेनर को–पाईलट सिनेटर मिलन गुरुङ, निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, निरूपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलाई प्रदान गरेका थिए ।

पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फरबरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिमसहित सम्मानलगायत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको थियो ।

अवार्ड प्राप्तसँगै आगामी दिनका लागि अझ हौसला प्राप्त भएको छ । अवार्ड वीरता जेसीजका कार्यसमिति तथा संयोजक हरुको साथ तथा सहयोगले प्राप्त गर्न सफल भएको अध्यक्ष चौधरीको भनाई छ । उनले थप्दै भने ‘यस अवार्डले जेसीज अभियानलाई माथि उठाउन हौसला प्रदान गरेको छ । आगामी दिनमा अझै रचनात्मक कार्य गरेर वीरता जेसीजको साखलाई जोगाउन यस वर्षको टिम दत्तचित्त बनेर जेसीज अभियानमा समाहित हुने छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर