Aamsanchar

झापा प्रहरीमा बाल हिंसा घटना बन्यो नजिर, पीडकलाई कारवाही, जरिवाना गराउनुको साटो मिलापत्र गराएर दिइयो उन्मुक्ति 

Author Image
आइतवार, चैत १२, २०७९

प्रधानाध्यापकले कुटे पछि विद्यार्थीको खुट्टामा देखिएको निलडाम ।

झापा । झापाको कचनकवल –६ बनियानी स्थित एक निजी विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई शारीरिक यातना दिएको विषयलाई जिल्ला प्रहरी कार्यालय झापाले मिलापत्र गरेर पीडकलाई उन्मुक्ति दिएको छ ।
प्रहरीले पीडकलाई कानुनी सजाय दिलाएर पीडित पक्षलाई न्यायको अनुभूति गराउनु पर्नेमा सोझासिधा अभिभावकहरूलाई विभिन्न बहानामा मिलापत्रमा हस्ताक्षर गर्न लगाएर बालहिंसाको मुद्दालाई कानुन भन्दा बाहिर राखेको भनेर पीडितका परिवार र सामाजिक न्यायको पक्षमा बोल्ने हरुले प्रहरीको कार्यशैली प्रति असन्तुष्ट व्यक्त गरेका छन् । आज (आईतबार) बनियानीमा बाल अधिकार प्रति सरोकार राख्नेहरूले विद्यालयका प्रधानाध्यापकको कार्यशैली र प्रहरीको भूमिका प्रति आपत्ती जनाएका हुन ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को  परिच्छेद –८ को (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, परिच्छेद–८ कै ९ङ० मा शारीरिक चोटपटक वा असर पुर्याउने, आतङ्कित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिनेलाई अवस्था अनुसारको सजाय जरिवाना तोकिएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को  परिच्छेद–८ मा उल्लेख गरिएको कार्य गर्नेलाई परिच्छेद–९ मा सजाय, क्षतिपुर्ती तथा मुद्दा हेर्ने अधिकार प्रत्याभूत गरिएको छ । जसमा निम्न सजाय, क्षतिपुर्ती तोकिएको छ ।

मुद्दा हेर्ने अधिकारः
दफा ७२ को उपदफा (८) बाहेक सो दफाको अन्य उपदफा बमोजिम सजाय हुने मुद्दाको शरूु कारबाही र किनारा गने अधिकार बाल अदालतलाई
हुने छ।  ऐनमा प्रहरीले मिलापत्र गर्ने अधिकार कतै उल्लेख छैन ।

गत चैत्र ५ गते गोल्डेन फ्युचर स्कुलका प्रधानाध्यापक युवराज काफ्लेले विद्यालयमा अध्ययनरत तिन जना विद्यार्थी (नाम परिवर्तन) चन्द्रसूर्य, पृथ्वीआकास र बादलबायुलाई उसृङखल गतिविधि गरेको भनेर सजाय स्वरुप पानीको पाईले कुटेका थिए र उनीहरूलाई विद्यालय निकाला गरेका थिए । सो पश्चात पीडित तीनैजना विद्यार्थीहरू एका एक बेपत्ता भएका थिए । विद्यार्थीहरू बेपत्ता भएपछि अभिभावकहरूले विद्यार्थी खोजी कार्यमा सहयोग गर्न प्रधानाध्यापक काफ्ले सँग आग्रह गर्दा त्यस्ता फटाहाहरू मरेको बेस, मरेपछि भेटिन्छन् भनेर रुखो अभिव्यक्ति दिएको एकजना स्थानीयले बताए ।

स्थानीय बनियानी स्थित  प्रहरी कार्यालयमा  बालकहरू खोजतलास गरिदिन निवेदन दिएको तर उक्त कार्यलयका प्रमुखले बालकहरूको खोजीकार्य नगरी  बेवास्ता गरेको उनको भनाई छ । गहिरो कुटाई खाएका  बालकहरू भागेर भारतको सिलिगुडीमा पुगेको अवस्थामा परिवारले फेला पारेपछि उनिहरुलाई घर फर्काइएको थियो ।

घटना भएकै दिन पीडित विद्यार्थीका अभिभावकहरुले इलाका प्रहरी कार्यालय बनियानीमा निवेदन दिएका थिए । तर,प्रिन्सिपल काफ्ले छलफल डाकिएको दिन छलफलमै बसेनन् । उनले उल्टै विद्यार्थीका अभिभावकलाई निवेदन फिर्ता लिनु पर्ने, फेसबुकमा आएको समाचार डिलिट गर्नु पर्ने, विद्यार्थीले माफी माग्नु पर्ने अन्यथा एसईई परीक्षा दिन नपाउने धम्की दिएको एक अभिभावकले बताए । काफ्ले इलाका प्रहरी कार्यालयमा छलफलमा नबसेपछि विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यस घटनालाई लिएर बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुले घटनाको सुस्म छानविन र पीडित बालकहरुलाई कानुनी न्याय दिलाउन पीडित परिवार समक्ष घटनाबारे बुझने काम सुरु भएको छ । आज बाल अधिकारकर्मी सरोज पौडेलले पीडित बालबालिकाका अभिभावकहरूलाई भेटेका छन् ।

कचन कवल गाउँपालिकामा पछिल्लो ४ महिनामा ७ जना बालाबालिकाले आत्महत्या गरेका छन् । उनिहरुको आत्महत्याको कारण बालहिंसा नै रहेको स्थानीयहरुको ठहर छ ।

प्रिन्सिपल काफ्लेले अबदेखि कुनै पनि विद्यार्थीलाई नकुट्ने शर्तमा मिलापत्र

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर