Aamsanchar

उपनिर्वाचनबारे छलफल गर्न राप्रपाद्वारा पदाधिकारी बैठक आह्वान

Author Image
सोमवार, चैत १३, २०७९

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ।  आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका विषयमा छलफल हुनेछ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर