Aamsanchar

आज चैते छठ पर्व मनाइँदै

Author Image
सोमवार, चैत १३, २०७९

काठमाडौं – जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने प्रचलन रहेकाे छ । चैते छठमा पनि कात्तिको छठमा झैं सबै विधि पूरा गर्नुपर्ने व्रतालुहरुले बताएका छन् ।

जनकपुरधामका गंगासागर र अर्गजासरमा यस पर्व धुमधामका साथ मनाउने गरिन्छ । साेमबार सूर्य अस्ताउनु एक घण्टा अघिदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरी षठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिने गर्दछन् । साेमबार रातभर जाग्राम बसेर मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर