Aamsanchar

दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

Author Image
सोमवार, चैत १३, २०७९

काठमाडौं – मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।

दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर