Aamsanchar

ललितपुर मेयर्स कप : एपीएफको लगातार चौथो जित

Author Image
मङ्गलवार, चैत १४, २०७९

काठमाण्डाै – ललितपुर मेयर्स महिला च्याम्पिएनसिप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ मा  विभागीय टोली एपीएफ क्लबले लगातार चौथो जित हासिल गरेको छ । आज ललितपुर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफले चौथो जित हासिल गरेको हो । एपीएफ एक खेल अगाडि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

आज जितका लागि एक सय ११ रनको लक्ष्य पछ्याएकाे ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो । ललितपुरका लागि सोनी पाख्रिनले सबैभन्दा धेरै १५ रन बनाइन् । एपीएफका लागि राजमती ऐरी र विनु बुढाले दुई–दुई विकेट लिए । त्यसअघि त्रिवि मैदान एपीएफले टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर एक सय १० रन बनायो । एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता रानामगरले १९ र विनु बुढाले १२  रन बनाए ।

ललितपुरका लागि शृष्टि जैसीले २, सिमाना केसीले २ विकेट हात पारे । तीनवटै खेल हारेको ललितपुर प्रतियोगिताबाटै बाहिरिसकेको छ । एपीएफले चैत १६ गते फाइनल खेल खेल्नेछ । फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लागेको छैन । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपीएफ क्लब, मधेस प्रदेश र ललितपुर मेयर्स ११  को सहभागिता रहेको हो  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर