Aamsanchar

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

Author Image
मङ्गलवार, चैत १४, २०७९

विराटनगर  । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भईसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भईसक्नु भएको छ । दुवै पुरस्कार नेपाल पत्रकार महासंघ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन विहान सुन्दरहरैचाको विराटचौकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्य समिति बैठकले नेपाल पत्रकार महासंघको सदस्यता नविकरण गर्न बाँकी रहनु भएका सम्पूर्ण साधारण सदस्यहरुलाई चैत मसान्तभित्रमा सदस्यता नविकरण गरिसक्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)