काठमाण्डाै – काेशी प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा मधेस प्रदेशलाई ६२ रनले हराउँदै काेशी उपाधि नजिकै पुगेकाे हाे ।
काेशीले दिएकाे १ सय ६ रनकाे लक्ष्य पछ्याएकाे मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रनमात्र बनाउन सक्याे । मधेसका लागि सरस्वती कुमारीले सर्वाधिक १० रन बनाइन् । बलिङतर्फ काेशीकी रुबिना क्षेत्री, एलिशा खडिया र निशा शाहले २/२ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायाे । काेशीका लागि रुबिना क्षेत्रीले ३९ र काजल श्रेष्ठले २२ रन बनाइन् । बलिङतर्फ मधेसकी सन्ताेषी चाैधरी, अमिरन निशा र अमिशा पटेलले २/२ विकेट लिए ।
अब काेशीले तेस्राे संस्करणकाे प्रतियाेगिताकाे उपाधिका लागि बिहीवार सशस्त्र प्रहरीकाे एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ अपराजित रहँदै फाइनलमा पुगेकाे हाे । एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा रह्याे । काेशी ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा रहेर फाइनल पुगेकाे हाे ।
प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, एपीएफ, मधेस, कोशी गरी पाँच वटा टिम सहभागी थिए ।