Aamsanchar

नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम

Author Image
मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् ।  झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको बिर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित भए ।

यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम, मिना विश्वकर्मा निर्वाचित हुनुभएको छ । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।
संस्थाका संस्थापक अध्यक्ष शावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।

यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन प्रदेश नम्बर १ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)