Aamsanchar

आँखा तेज बनाउने घरेलु उपचार

Author Image
बुधवार, चैत १५, २०७९

आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ । ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ ।

दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ ।

यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ ।

१ तपाईं गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफूल खान थाल्नुस् । यिनमा भिटामिन ए भरपूर हुन्छ ।

२ बिहान उठेर (याल आँखामा गाजल जसरी दल्दा पनि आँखाको तेज बढ्छ ।

३ दिनदिनै पाइताला र खुट्टाका औंलामा सर्स्युँको तेलले मालिश गर्दा पनि आँखाको तेज बढ्छ ।

४ पालुंगोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछन् ।

५ राति सुत्नुअघि दूधमा पिँधेको अलैंची अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छन् ।

६ दुवै हत्केला रगडेर तातो बनाउनुुस् र तिनले आफ्ना आँखा छोप्नुस् । यसो गर्दा आँखाका मांसपेशीले आराम पाउँछन् ।

७ काम गर्दागर्दै आँखालाई आराम दिनुस् । आँखालाई जोड पार्नु हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)

सम्बन्धित खबर