Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, चैत १५, २०७९

 

काठमाडौं : देशको पहाडी भूभागमा आंशिक बदली छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो ​सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर