Aamsanchar

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा

Author Image
बुधवार, चैत १५, २०७९

काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार सुरु हुँदैछ। सेतो मच्छिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान लगिने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ।

बुधबार महिलाले मात्रै रथ तानेर रत्नपार्क हुँदै भोटाहिटीसम्म पुर्‍याउनेछन्। बिहीबार रथलाई असनसम्म तानिन्छ। तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै रथ लगनटोल पुर्‍याइनेछ । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा अनुसार रथयात्रा गर्ने गरिएको हो।

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर