Aamsanchar

तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै

Author Image
बुधवार, चैत १५, २०७९

तेह्रथुम- तेह्रथृुमको आठराई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यो ठाउँलाई जिल्लाकै नमुना पर्यटकीय केन्द्रको रुपमाम बिकास गर्न लागिएको हो । तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाभित्र पर्यटन विकासका प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दे पर्यटकीय हव बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । यहाँका ऐतिहासिक धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटनको हवका रुपमा विकास गर्ने उद्देश्यले नै अहिले पर्यटन क्षेत्रमा धमाधम काम भई रहेको छ ।

प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा मानिएको आठराई गाउपालिकाको झाँक्री गुफालाई पनि पर्यटकीय हवको रुपमा विकास गरीने भएको छ । यो झाँक्री गुफा परिसर भित्र भ्यू टावर, लव डाँडाँ, सिलाम्साक्मा, जुगे पोखरी, पैदल मार्ग, खेल मैदान, फुटबल स्तम्भ, सितल पाटी, राष्ट्रिय झण्डालगायतका पर्यटकलाई मोहित पार्ने भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

यसलाई आधुनिकीकरण गर्दे जाने दृष्टिकोणले निर्माणका काम पनि धमाधम हुन थालेका छन् । प्राकृतिक हिसाबले नै सुन्दर रहेको यो स्थानमा भौतिक पुर्वाधार निर्माणले अझ सुनमा सुगन्ध थपेको यहा घुम्न आउनुभएका छथर गाउपालिका–३ का फौदराज लिम्बुले बताउनुभयो ।

झाँक्री गुफा परिसर भित्रका धार्मिक, ऐतिहांसिक, प्राकृतिक रुपमा पर्यटकिय सम्भावना बोकेका क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिएका छन् । परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । गुफामा धामी झाँक्री र बूढीबजुहरुको मौलिक चित्र अध्ययनयोग्य देखिन्छन् । यो परिसरको संरचनाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मोहित पार्ने गरेको लालिगुराँस नगरपालिका–६ की सृजना सेनेहाङले बताउनुभयो ।

यो क्षेत्रमा प्राकृतिक, ऐतिहासिक, धार्मिक र साँस्कृतिक रूपले समेत सम्भावनायुक्त रहेकोले स्थानीय तहले उच्च महत्वका साथ पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको कार्यलाई तिव्रता दिएको हो । झाँक्रि गुफा क्षेत्रलाई जिल्ला कै नमुना पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।

७ वटा वडा रहेको आठराई गाउँपालिकालाई विकासको बागडोर मानिएको मध्यपहाडी लोकमार्गले समेत छोएको छ । सडक सञ्जालले यस पालिकाका सबै गाँउवस्तीलाई जोडेको छ । अदुवा, अचैली लगायतका नगदेवाली प्रमुख आम्दानीको श्रोत मानिएको यहाँका नागरिकहरुका लागी पर्यटकिय क्षेत्रको विकास र प्रवर्द्धनले आर्थिक उपार्जनमा समेत टेवा पुर्‍याउने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर