Aamsanchar

विश्व चिया सम्मेलनमा नेपाली चियाप्रति धेरैको रुचि

Author Image
बुधवार, चैत १५, २०७९


लसभेगास (अमेरिका) ।
विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अग्र्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् ।
नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष चासो राखेको विश्व चिया सम्मेलनमा सहभागी चिया उद्योगी झापा बिर्तामोडका विनोद बस्नेतले बताए । बस्नेत इलामको साखेजुङस्थित ग्रिन भ्याली चियाद्वारा उत्पादित सिमपानी चियाको प्रवद्र्धन गर्न विश्व चिया सम्मेलनमा सहभागी भएका हुन् । सामाजिक अभियन्ता बस्नेत उक्त उद्योगको सञ्चालक हुन् ।

मंगलबार र बुधबार भएको विश्व चिया सम्मेलन तथा मेलामा विश्वभरका एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको छ । बस्नेतका अनुसार नेपाली चियाका स्टलमा सहभागीको विशेष भीड थियो ।

अमेरिकाको लसभेगासस्थित सम्मेलन केन्द्रमा भएको चिया मेलामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय चिया तथा कफि विकास बोर्ड र विभिन्न चिया उद्योगका प्रतिनिधि सहभागी छन् । बोर्डको तर्फबाट कार्यकारी निर्देशक विष्णु भट्टराई र वाणिज्य मन्त्रालयका सचिव गोविन्द कार्की सहभागी छन् । बोर्डले नेपालमा उत्पादित अग्र्यानिक अर्थोडक्स चियाको प्रबद्र्धन गरेको छ । त्यसबाहेक सिमपानी, शेर्पा, हिमालयन सांग्रिला लगायतका ब्राण्डका चिया मेलामा प्रदर्शनसहित प्रबद्र्धन गरिएको बताइएको छ ।

अमेरिकामा नेपालको हिमाली क्षेत्रका जटिबुटीको तेल र चियाको बजारीकरण गर्दै आएको अरोमालयले पनि नेपाली अग्र्यानिक चिया प्रवद्र्धनमा टेवा पुर्याएको छ । पूर्वाञ्चलकर्मीसँग कुरा गर्दै अरोमालयका को–फाउण्डर प्रबुद्ध दाहालले नेपाली चियाप्रति अमेरिकासहित विश्वका धेरै मानिसको चासो रहेको बताए ।

नेपालमा सहकारी तथा साना किसानद्वारा उत्पादित अग्र्यानिक चियाप्रति विश्वका मानिसको रुचि र चासो रहेको दाहालको भनाइ छ । नेपाली चियाको प्रबद्र्धन र बजारीकरण कम हुँदा धेरैलाई यसबारे थाहा नभएको र नेपाली चियाले उचित बजार पाउन नसकेको सम्मेलनमा सहभागीले बताए ।

सम्मेलनले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको अरोमालयकी सिइओ सन्ध्या दाहालले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर