

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले नेपाललाई बुधबार नियुक्त गरेका हुन्। प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन्।

यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्। कुँवर प्रदेशका पूर्वप्रमुख हुन्।
Views: 184

