Aamsanchar

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति

Author Image
बिहिवार, चैत १६, २०७९

सोलुखुम्बु : वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा चढ्न  ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका हुन। जसमा ७ जना महिला छन्। हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ। जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाकालागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ। नुप्त्सेका लागि ३, सुर्मासरोबारकालागि २ जनाले अनुमति लिएका छन्।

सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका ८ जना छन्। चीनका ५, अष्ट्रेलियाका २/२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १/१ जनाले अनुमति लिएका छन्।

सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन्। जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन्। दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन्। दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८÷८ जनाले अनुमति लिएको विभागले जनाएको छ।

हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ। रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर