Aamsanchar

मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी

Author Image
बिहिवार, चैत १६, २०७९

मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, फिँजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । हिन्दु धर्ममा आस्था वान जो कोही राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन् ।

राम नवमीका दिन राजधानीको बत्तिस पुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको ।

राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतिक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्न कालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचीन हिन्दु धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघु वंशी सत्य वक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी राम नामको कृपाले हामी सबैमा सत्य मार्गको द्वार खुलोस् ।

त्रेतायूगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुसीयाली आज हजारौँ वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइन्छ ।

अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान् रामको राज्य ९राम राज्य० पनि न्याय कालागि नमना मानिन्छ ।

रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल ९खराउ०लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान् रामका सबैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावण राज्य लङ्का तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् ।

राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलङ्का अनि मालदिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएता पनि रावण आफैँ अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोत्तम रामको हातबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरू पनि छन् ।

वैकुण्ठ निवासी भगवान् विष्णुका सातौँ अवतारका रूपमा श्री रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिला पुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक९ रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यही कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरूलाई सुखशान्ति दिएका कारण भगवान् रामलाई युग पुत्रका रूपमा पुजिन्छ ।

आजभोलि सनातन धर्मका भगवानरुपी पात्रहरू राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा व्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन, भागवत गीता का कुना कुना सम्म पनि हिन्दु धर्म लाई धर्म भन्दा पनि जीवन बाँच्ने शैलीका रूपमा मात्र व्याख्या गरिएको छ । सत्य पथ, धर्म अनि मानवता लाई प्रकृत प्रेम सँग एक ढिक्काका रूपमा सनातन धर्मले व्याख्या गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर