Aamsanchar

आजकाे माैसम : सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा, अरू प्रदेशमा यस्ताे छ सम्भावना

Author Image
शुक्रवार, चैत १७, २०७९

काठमाण्डाै – आज धेरै ठाउँको मौसम धुम्म छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको  मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।

यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

यस्तै, एसईईको परीक्षामा सहभागी हुने विद्यार्थी र काम विशेषले घर बाहिर जानेलाई छाता, रेनकोटलगायत ओडो बोक्न पनि सुझाव दिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर