Aamsanchar

‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

Author Image
शुक्रवार, चैत १७, २०७९

काठमाडौं । विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । अनुभव रेग्मी र योगिशा खत्रीको प्रेमबाट सुरु भएको ट्रेलर डेब्यू ब्वाई आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्माको प्रेम वियोगमा पुगेर टुंगिएको छ ।

चलचित्रमा आशिर्वाद, आँचल, अनुभव र योगिशासँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी र अथर्व उप्रेतीलगायतको अभिनय छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।

बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् ।

‘नाईं नभन्नू ल’का अघिल्ला पाँटवटै श्रृंखला बक्स अफिसमा निकै सफल भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर