Aamsanchar

झापामा चलचित्र द बेष्ट पर्सनको विशेष प्रदर्शन

Author Image
शुक्रवार, चैत १७, २०७९

झापा । तुलशी फिल्म्स प्रालि एण्ड बिबि पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको जनचेतनामुलक चलचित्र द बेष्ट पर्सन प्रदर्शनमा आएको छ ।

बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हल फिल्मको दुई विशेष प्रर्दशन गरिएको हो । दुई वटै शोमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । आत्महत्या, लागुऔषध दुर्रव्यसन, दाइजो प्रथा लगायतका विषयले ब्यक्तिलाई पुर्याउने नकारात्मक प्रभाव र यसबाट परिवार र समाजलाई पुर्याउने असरको कथालाई समेटेर चलचित्र निर्माण गरिएको निर्माता तुलशी मिश्रले जानकारी दिए । फिल्म हेरिसकेपछि सन्देशमूलक चलचित्र बनेको भन्दै अतिथी र दर्शकहरुले प्रशंसा गरेका छन् ।

सामाजमा घट्ने यथार्थ घटनाहरुलाई समेटेर चलचित्र निर्माण भएकाले एकपटक हेर्नैपर्ने चलचित्र बनेको झापा ३ ख का प्रदेश सांसद् छबि चुँडालले प्रतिक्रिया दिए । वियल राईले पहिलो पटक निर्देशन गरेको उक्त चलचित्रले सकारात्मक सन्देश समेत दिने भएकाले समाजका हरेक ब्यक्तित्वहरुले हेर्नै पर्ने रहेको छ । पहिलो चलचित्र निर्माणमै सकारात्मक सुझाब र सल्लाह पाएकाले उत्साहित भएको निर्देशक राईले बताएका छन् । चलचित्रमा गजेन्द्र खतिवडा, रतन मिता, राजु खरेल, विवेक मिश्र, सञ्जु न्यौपाने, पारश तामाङ, सपना विश्वकर्मा, धनराज महतो, गंगा प्रसाई लगायतको अभिनय रहेको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नम्बर १ र ४ का वडा अध्यक्ष, राप्रपा हल्दिबारी गाउँ कमिटी अध्यक्ष एकराज रानामगर, नेपाली काँग्रेसका गाउँपालिका सभापति गगा प्रसाईं लगायतले चलचित्रको विशेष प्रदर्शनी हेरेका थिए । चलचित्र विर्तामोड लगायत पूर्वका अन्य शहरमा पनि विशेष प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर