

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरूलाई संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गराइएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं। ३ गण हेडक्वार्टर कंकालिनी मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराइएको हो । आन्दोलन तथा विरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति सामान्य बनाउन प्रहरीलाई भीड नियन्त्रण अभ्यास गराइएको हो ।



जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नको निमित्त दुवै संगठन एकै साथ परिचालन हुने भएको हुँदा भीड नियन्त्रणको लागि संयुक्त अभ्यास गरिएको हो ।



