Aamsanchar

कुपन्डोलमा आगलागी, १३ वटा सवारीसाधन जलेर नष्ट

Author Image
सोमवार, चैत २०, २०७९

ललितपुर । ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर