Aamsanchar

सुनकाे मूल्य ह्वात्तै बढ्याे

Author Image
बुधवार, चैत २२, २०७९

काठमाडौं : नेपाली बजारमा बुधबार सुन तोलामा २ हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ११ हजार रूपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रूपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२