Aamsanchar

नारायणपुरमा कृषी, पर्यटन तथा व्यापार महोत्सव हुने

Author Image
शुक्रवार, चैत २४, २०७९

नारायणपुर ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० मा महोत्सव सञ्चालन हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखी २६ गतेसम्म ‘चौथो नारायणपुर कृषी, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ हुने भएको हो ।

नारायणपुरमा हाटबजार व्यवस्थापनकालागी आयोजना गरिने महोत्सवका विषयमा विहीवार नारायणपुरमा बृहत छलफल भएको छ । नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महोत्सव सफल बनानकालागी लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका कार्यसमिति, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, राजनितिक दलका प्रतिनिधी, वस्तुगत समितिका प्रमुख, पत्रकार, सामाजिक संघस.स्था लगायतको सहभागीता रहेको थियो ।

त्यस अवसरमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको संयोजकत्वमा १ सय १ सदस्यीत महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । यस्तै नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा संयोजक र पूर्व अध्यक्षहरु दानबहादुर बुढाथोकी, प्रकाशक्ुमार न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल), गोपालप्रसाद लम्साल सदस्य रहेको अनुगमन समिति र निवर्तमान अध्यक्ष महेन्द्रकुमार दाहाल संयोजक रहेको सल्लाहकार समिति गठन ग्िरएको छ । मूल समितिले उपसमितिहरु गठन गर्ने छ । कार्यक्रमको सहजिकरण संघका महासचिव बसन्त न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर