Aamsanchar

आईपीएल टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सको शानदार जित

Author Image
शुक्रवार, चैत २४, २०७९

फायल फोटो गुगलबाट 

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । प्रतिष्पर्दी रोयल च्यालेन्जर्स बैंगलोरले भने शर्मनाक हार बेहोरेको छ ।

घरेलु मैदान इडन गार्डेनमा शानदार जित निकाल्ने क्रममा कोलकाताले बैंगलोरलाई ८१ रनले पराजित गरेको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको बैंगलोरले १७.४ ओभरमा अलआउट हुँदै १२३ रन मात्र बनायो ।

कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले १५ रन खर्चेर ४ तथा सुयश शर्माले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । शार्दुल ठाकुरले २९ बलमा ६८ तथा रहमानुल्लाह गुर्वाजले ४४ बलमा ५७ रन बनाए । रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । बैंगलोरका लागि डेभिड विली र कर्ण शर्माले समान २–२ विकेट लिए ।

आजको खेल
आज पनि एउटामात्र खेल हुनेछ । लखनउ सुपर जाइन्टस र सनराइजर्स हैदराबाद भिड्ने छन् । खेल बेलुकी ७ः४५ बजे लखनउमा शुरु हुनेछ ।

अंक तालिका
अहिलेसम्म दुई टिमले मात्र सतप्रतिशत नतिजा निकालेका छन् । साविक विजेता गुजरात जाइन्टस र पन्जाब किंग्स २ खेलबाट ४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

कोलकाता, राजस्थान रोयल्स, लखनउ, चेन्नई र बैंगलोर २ खेलबाट २ अंकसहित क्रमशः तेस्रोदेखि सातौं स्थानमा छन् । दिल्ली क्यापिटल्सले दुवै खेल हारेको छ भने मुम्बई इन्डियन्स र हैदराबादले १–१ खेल खेलेर अंकविहीन छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर