Aamsanchar

झापामा मनोसामाजिक समस्या र आध्यात्मिक जन चेतनाबारे डा. योगी विकासानन्दले प्रवचन दिने 

Author Image
शुक्रवार, चैत २४, २०७९


बिर्तामोड । मनोसामाजिक समस्या समाधानका लागि र आध्यात्मिक जनचेतना फैलाउने उद्देश्यले झापाको बिर्तामोडमा एक दिवसीय योग ध्यान, साधना, हिप्नोसिस एवम् आध्यात्मिक ज्ञान प्रवचन आयोजना हुने भएको छ ।
विकासानन्द फाउन्डेसन अन्तरगतको विश्व परिवार झापा केन्द्रको आयोजनामा डोमालाल राजवंशी रङ्गशालामा बैशाख २२ गते बिहान ६ बजे देखि ११ बजे सम्म कार्यक्रम आयोजना हुने आज ९शुक्रबार० आयोजित पत्रकार भेटघाटको क्रममा बताइएको छ ।

डा. योगी विकासानन्दले प्रवचन दिने आयोजक समितिका सचिव विजय बरालले बताए ।

पछिल्लो समयमा तीव्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरु डिप्रेसन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ र्दुब्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भईरहेका छन् । मानव लाई चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोस र जाँगरका साथ जनमानसको जीवनशैली बदल्नका लागि सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक मेहर मगरले बताइन ।

७ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रमका लागि स्थानीय पालिकाहरू, निजी विद्यालयहरू र दाताहरूको सहयोगबाट कार्यक्रम सम्पन्न गर्ने लक्क्ष्य रहेको संयोजक मगरले आमसंचारलाई बताइन ।

कार्यक्रममा निजी तथा सरकारी विद्यालयका विद्यार्थी, शिक्षक, प्रहरी, स्काउट, व्यापारी, कर्मचारी, डाक्टर, नर्स, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरू र कोशी प्रदेशका विभिन्न जिल्ला, छिमेकी राष्ट्र भारत, भुटानबाट पनि साधक साधिकाहरु र सर्वसाधारण गरि दश हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकले अनुमान गरेको छ । सोही अवसरमा  मनोक्रान्ति डा। योगी विकासानन्द र गुरुआमालाई नागरिक अभिनन्दन र झापाका दुईजना शिक्षा सेवी, दुईजना समाजसेवी, दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानामगरले गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)