Aamsanchar

हावाहुरी असिनापानीले पुर्याएको क्षति प्रति कनकाई नगरपालिकाले राहत उपलब्ध गराउने

Author Image
शुक्रवार, चैत २४, २०७९

कनकाई । गत चैत्र १७ गते हावाहुरी सहित आएको असिनापानीले कनकाई नगरपालिकाका विभिन्न वडाहरुको घर तथा कृषि बालीमा पुर्याएको क्षति प्रति कनकाई नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले क्षतिको यकिन विवरणका लागि वडागत रुपमा प्राविधिक परिचालन तथा सरोकारवाला निकायहरूको प्रतिवेदनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको बिउ उपलब्ध गराउने भएको छ ।

वडाले आवश्यकता र क्षति हेरी बढिमा १० हजार वा सो बराबरको जस्तापाता विधि अनुसार खरिद गरी उपलब्ध गराउने, तरकारीबालीको हकमा आगामी कार्यपालिका बैठक बसी क्षतिपूर्ति निर्धारण गर्ने र कनकाई नगरपालिकाका प्राविधिक, सुरक्षा निकाय, रेडक्रसले तयार पारेको प्रतिवेदन बमोजिम क्षतिपूर्ति मागका लागि संघीय सरकार तथा कोशी प्रदेश सरकारलाई तुरुन्त आवश्यक पहल गर्ने निर्णय भएको कनकाई नगरका कर्मचारी विजय पाठकले जानकारी दिए ।
हावाहुरी सहित आएको असिनापानीले कनकाई नगरको ८,९,६,७ र ३ नंम्बर वडामा बढी क्षति पुगेको थियो ।

पीडित परिवार र कृषकहरूले आज नगरपालिकामा उपस्थित भएर राहत उपलब्ध गराउन माग राखेको थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर