झापा । ठगी मुद्दामा फरार रहेका झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक ८ बस्ने वर्ष ४१ का वेदप्रसाद सेडाई रहेका छन् । झापा जिल्ला अदालतले चैत २० गते प्रतिवादी सेडाईलाई ठगी मुद्दा कसुरमा सजाय तोके पछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले चैत्र २४ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेश अनुसार अहिले प्रतिवादीलाई कैद भुक्तानीको लागी जिल्ला कारागार कार्यालय झापा पठाइएको झापा प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रतिवादी सेडाईले ठगी गरेको घटनाको प्रकृति, अदालतले तोकेको कैद सजाय अवधि र जरिवानाबारे प्रहरीले सूचना गोप्य राखेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 159