Aamsanchar

नेतृत्वले घात प्रतिघात गरेको भन्दै झापा विद्रोहका नेता नरेश खरेलले एमाले परित्याग गरे 

Author Image
सोमवार, चैत २७, २०७९

बिर्तामोड । झापा विद्रोहका एक हस्ती, जसले १६ वर्ष ६ महिना जेल जीवन बिताएका थिए, अनि दुई वर्ष भूमिगत जीवन पनि । झापा विद्रोहका नेताहरू लाखापाखा लाग्दै गरेको अवस्थामा   एमाले अध्यक्ष ओलीसँग अन्तिमसम्म खरेल बाँकी थिए । तर खरेलले पनि एमाले परित्याग गरेका छन् ।

आज (आइतबार) बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर खरेलले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । हाल स्वतन्त्र रहने खरेलको भनाई छ । खरेल सँगै अरु  एक दर्जन कार्यकर्ताहरूले पनि एमाले परित्याग गरेका छन् । खरेल सँगै एमाले परित्याग गर्नेहरुमा कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, भिमप्रसाद लुँइटेल, साजात आलम, आवालोदिन मिया, हिराप्रसाद पोखरेल, खिना रानामगर ९खवास० लगायत रहेका छन् ।

खरेलले पार्टी परित्याग गर्नु परेको कारणलाई मुख्य गरेर पार्टी र नेतृत्वले पटक पटक गरेको गल्तीहरूलाई औलाएका छन् । उनले भनेका छन ‘महाकाली सन्धि गर्नु लगत थियो । सन्धिमा भनेजस्तो कुरा कार्यनयनमा आएको छैन । सन्धि गरेको वर्ष भनिएको थियो अर्को वर्ष देखि पश्चिमबाट घामै झुल्कन्छ नेताहरूले भनेका थिए ।’ ‘अहिलेको सन्दर्भमा एमसीसी उपयुक्त थिएन, एमसीसी पास गरियो, यसले अन्तराष्ट्रिय शक्तिहरूलाई नेपाल खेल मैदान बनाउने एउटा अवसर प्रदान गर्यो, हामी विदेशी हस्तक्षेपबाट मुक्त रहन सकेनौ, जे उद्देश्यको लागि हिजोको निरंकुश राजतन्त्र पञ्चायत तानाशाहलाई समाप्त गर्न झापा विद्रोह सुरु गरिएको थियो । त्यसमा कम्युनिष्ट पार्टीलाई एकतावद्ध पनि बनाउनु थियो । तर तिनै तानाशाह शक्ति जसले राजतन्त्रलाई पुन स्थापित गर्न चाहन्छन्, ति शक्तिहरू सँगको अघोषित साठगाठ भइरहेको छ ।‘ ‘पार्टी भित्र रहेका इमानदार र निष्ठावान् कार्यकर्ताहरू जो संघर्षबाट खारिएर आएका थिए, ति मान्छेहरूलाई पछि पार्ने काम भयो र दक्षिण पन्थी सोच र प्रवृत्ति भएका मान्छेहरूलाई पद र सत्तामा लगियो, त्यो सबै कुराले के देखायो भने नेतृत्व  दक्षिण पन्थी तर्फ निरन्तर रुपमा लागि रहेको छ ।’ ‘जसले हिजो बलिदान गरे त्याग तपस्या गरेर त्यो त्याग तपस्या नै व्यर्थमा पो जाने होकी भन्ने डर उत्पन्न भयो । यि कारणहरूले आफूले पार्टी छोडनु परेको हो । वाम एकता समयको माग हो त्यो नगरीकन हुदैन, अहिले जुन स्थिरता उत्पन्न भएको छ , कुर्सीलाई महत्व नदिएको भए र गल्ती कमजोरीहरु के के थिए त्यसमा आत्मआलोचना गरिएको भए यो अस्थिरता समाप्त हुन्थ्यो । यो त घाम जतिकै छर्लङग छ नी, अहिले नयाँ शक्तिहरू पनि पुरनै सोच र शैलिमा अगाडि बढेका छन् । प्रतिपक्ष र सत्ता पक्षको सम्बन्ध सत्रुतापूर्ण छ । मुलुक यत्रो संकटमा छ । उनिहरु मिलेर अगाडि बढ्नु पर्ने होईन रु मुलुकलाई अरु संकटता तर्फ धकेल्ने काम भइरहेको छ । यसले राजनीति दलहरु प्रति निरासा जन्माएको छ । मुलुकमा दक्ष जनशक्ति समाप्त हुदैछ । यो सबै हुनुको कारण राजनीतिमा देखिएको गलत काम कार्वाहीको परिणाम हो ।’

विज्ञप्तीमा उल्लेख छ । ‘आम नेपाली  जनता र इमानदार कार्यकर्ताको आशा विपरित पार्टी नेतृत्वमा देखापरेको गुठबन्दी, दम्भ र अहंकार तथा अन्तरदन्द्धले, संसद विघटन, हुदै पार्टी तिन टुक्रामा विभाजित हुन पुग्यो ।
यस्ता घटनाले जनतामा स्थापित राजनीतिक पार्टी प्रति असंन्तुष्टि र वितृष्णा उत्पन्न भएको छ । यस्ता घात प्रतिघातले राष्ट्रलाई दुःखद अवस्थामा पुर्याएको छ । देशमा अस्थिरता उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय शक्तिलाई चलखेल गर्ने मलिलो वातावरण तयार भएको छ । तर नेतृत्व यस्ता घटना प्रति सम्वेदनशिल हुने र आफ्ना गल्ति कम्जोरी सुधार गर्दै पार्टीलाई एकतावद्ध पार्नुको सट्टा अझ निरंकुश बन्ने र फरकमत राख्ने नेता कार्यकर्ता माथी अपमान गर्ने काममा तल्लिन छ ।
पार्टीमा इमानदार नेता कार्यकर्ताहरुलाई पाखा लगाउने, र दक्षिणपन्थी र यथास्थितीवादी शक्ति र व्यक्ति संगको साठगाठ अझ दरिलो बन्दै छ । यस्ता गतिविधीहरु टुलुटुलु रमिता हेर्न हामिले उचित ठानेनौं, त्यसैले नेकपा (एमाले) मा लामो समय सम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलाव सँग असहमत रहेका हामी नेता कार्यकर्ताहरू आज देखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौं ।’

गत भदौ २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल जीवन बिताएका झापाली नेता नरेश खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ती जनाएका थिए । ‘संविधान सभामा एमालेको तर्फबाट सदस्य रहेका खरेल झापाको विर्तामोड निवासी हुन । उनी विगतमा एमालेको पोलिटव्यूरो सदस्य थिए ।

विज्ञप्ती ।

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर