

काठमाडौं – संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको पुरानो राष्ट्रिय बैंकमा कर्मचारीले गरेको गोलीबारीमा पाँचजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

कोनर स्टर्जन नामक ती हमलाकारीले गोली चलाउन थालेको जानकारीपछि तीन मिनटमा त्यहाँ पुगेको प्रहरीले उनलाई मारेको छ ।

घटनामा एक २६ वर्षीय प्रहरी पनि टाउको गोली लागेपछि घाइते भएका छन् । ती कर्मचारीलाई कामबाट हटाउने जानकारी गराइएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

गोलीबारीमा प्रयोग गरिएको बन्दुक एआर१५ शैलीको राइफल थियो । २०२१ को अमेरिकी राष्ट्रिय बन्दुक सर्वेक्षणअनुसार अर्धस्वचालित यो राइफल दुई करोड ४६ लाखभन्दा बढी अमेरिकीहरुसँग छ ।अमेरिकामा यस वर्ष सन् २०२३ मा एकैपटक कम्तिमा चारजनाको ज्यान जाने गरी भएका ‘मास सुटिङ’को संख्या १४५ नाघेको छ ।
Views: 118

