Aamsanchar

बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

Author Image
बुधवार, चैत २९, २०७९

काठमाडौं : बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् ।

नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने बताइएको छ ।

हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ । पछिल्लोपटक यस्तो ब्याजदर १० प्रतिशतभन्दा कम बनाउनुपर्ने माग उठेको थियो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२