Aamsanchar

मानव-हात्ती सहअस्तित्व कायम राख्न बाहुनडाँगीमा तिन दिवसीय तालिम सुरु 

Author Image
बुधवार, चैत २९, २०७९

झापा । जंगली हात्ती उपद्रो र स्थानीयले भोग्दै आएको मानवीय र भौतिक क्षतिको बारेमा वर्षौ देखि मिडियामा आई रहने  ठाउँ झापा मेचीनगर स्थित बाहुण्डाँगीका स्थानीय र हात्ती संरक्षण अभियन्ताहरू बाहुनडाँगीमा जंगली हात्ती आइरहने वातावरण तयार गर्न र मानव र हात्तीको सहअस्तित्वलाई कायम राख्न लागिपर्न थालेका छन् ।

विगतको वर्षमा हात्तीलाई  मानवको प्रमुख दुस्मनको रुपमा लिने बाहुण्डाँगी वासीहरु अब भने हात्तीको संरक्षण गर्ने र तिनै हात्तीलाई देखाएर पर्यटन भित्राएर बाहुनडाँगीलाई हात्ती पर्यटन क्षेत्रको रुपमा स्थापित गर्न तर्फ कसिएका छन् । त्यसका लागि मानव -हात्ती सहअस्तित्व कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा सरोकार पक्षहरू तालिममा सहभागी बनेका छन् ।

ग्रिन जेनेरेसनको आयोजना, मेचीनगर नगरपालिका वडा नम्बर ४ को संयोजन र वल्ड वाइड फन्ड फर नेचर (WWF)   को सहयोगमा  मेचीनगर–४ हात्ती रिसोर्टमा आज (बुधबार) बाट तिन दिवसीय तालिम सुरु भएको छ ।
ग्रिन जेनेरेसनका अध्यक्ष समिर राईको अध्यक्षता, पर्यटन अभियन्ता, एसोसियसन  फर कन्जरभेसन एण्ड टुरिजमका संयोजक राज वशुको प्रमुख आतिथ्यमामा तालिम सुरु भएको हो ।
तालिममा नेपाल –भारतका र्यापिट रेसपोन्स टिम (rapid response team) का प्रतिनिधि, स्थानीय, नगर प्रहरी, जनपथ, सशस्त्र प्रहरी, वनका कर्मचारी, पत्रकार, जनप्रतिनिधि, स्थानीय राजनीति दलका नेता गरि ६० जना भन्दा धेरैको तालिममा सहभागिता रहेको छ ।

तालिमको सहजीकरण तालिममा पर्यटन अभियन्ता सुप्रितम राज वसु , बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापा , पत्रकारहरु डा. अखिलेश उपाध्याय , घनश्याम खड्का ,शंकर क्षेत्री , वडाध्यक्ष कार्कीलगायतले सहजीकरण गर्ने जनाइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी निर्मल थापा ,सामाजिक व्यक्तित्व सागर शिवाकोटी , एमालेका प्रतिनिधि तीर्थ नेपाल , माओवादी केन्द्रका मेघराज खड्कालगायतले पनि मानव हात्तीबीच सहअस्तित्वका लागि वातावरण तयार गरिनुपर्नेमा जोड दिए ।

मानव – हात्ती द्धन्द व्यवस्थापनका लागि विगत लामो समयदेखि अभियन्ताहरू लागि पर्दै आएका थिए । विगतका दिनमा अभियन्ता र स्थानीय बिच नै विचार नमिल्दा मानव हात्ती द्धन्द व्यवस्थापनमा चुनौतीहरू रहेका थिए । तर अहिले आएर स्थानीय र सरोकारवाला पक्ष बिच मानव र हात्ती बिच मा द्धन्द समाधान आवश्यक महसुस भएर तालिम लिएर मानव हात्ती सहअस्तित्व कायम राख्न काम गर्ने एक प्रशिक्षार्थी बताए ।

औपचारिक कार्यक्रममा  स्वागत मन्तव्य राख्ने क्रममा  सहजकर्ता अर्जुन कार्कीले भने  ‘बाहुनडाँगीमा सर्पले टोकेर कोही मान्छेको मृत्यु भयो भने सर्प  सबै मार्नुपर्छ भनेर कही उजुर छ । सर्पले टोकेर मर्यो भनेर १० लाख रुपैयाँ पाउँ हजुर भनेर कसैले निवेदन हालेको छैन ।  चट्याङले हानेको पनि पाइदैन, हात्तीले मारेमा राज्यले पैसा पनि दिएको छ । १० लाख । तर यसो भन्दा मानव भन्दा चै हात्ती ठुलो चै होइन, मानव बाच्नु नै पहिलो कुरा हो । त्यसमा प्रकृति, हात्ती बचाउने जिम्मा मान्छे कै हो, दुई पक्ष कै अस्तित्व बुझनु पर्छ । समाजमा धेरै खाले मान्छेहरू हुनुहुन्छ, त्यसमा एक खाले मान्छेहरू कसरी विवादलाई मुछौँ भन्ने ध्याउन्नमा लागेका हुन्छन, लागिरहेका छन् । हिजो हलो जोतेर दुःख गरेको मान्छे आज अगाडि वढदै गरेको एकखाले मान्छेहरुलाई मन पर्दैन । उनिहरुका लागि तपाईहरुको खट्टा कुरकुचा फुटेकै हुनुपर्छ, हातमा ठेला उठेकै हुनुपर्छ ।

अब मेची खोला किनारमा रहेको बाझो खेतलाई गृनवेल्ड को रुपमा विकास गरेर हात्तीले खाने खालका बोट विरुवा, घाँसहरु लगाउनु पर्छ, त्यसो गर्दा प्रकृति, वातावरणिय, नदी कटान रोकिन्छ र हात्ती बाच्न सक्ने छन् । त्यसमा मानव सुरक्षाको लागि फेन्सिङ तार, बाटोघाटो निर्माण, विजुली विस्तार गर्ने हो भने त्याहाँ हजारौं पर्यटकहरु आउने छन् । यो अभियानको लागि युवा, वौधिक व्यक्तिहरु एकजुट भएर लाग्नु पर्छ । अहिले ७० मन धान फल्ने क्षेत्रमा ३५ मन मात्र उत्पादन हुने गरेको छ त्यसमा हात्तीले वाली खादा सरदर १० मन मात्र घर भित्राउन सकिएको छ । अब सो क्षेत्रमा २ सय विघा जमिनमा पानी खेती गर्नुपर्छ, १० औं लाख माछाहरु पाल्नु पर्छ, वाटर रिजर्वको हिसावले विकास गर्नु पर्छ । त्यासो गर्दा गाउँघरका पानीका मुआनहरु सुक्दैनन, मेचीनगर ४ लाई पर्यटन व्यवसायको हिसावमा जोड्न मानव – हात्ती बिच सम्बन्ध स्थापित गर्न आवश्यक छ ।’

कार्यक्रमको संचालन महासचिव मंजिल देवानले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर