Aamsanchar

महानगरलाई सहयाेग नगर्ने भए सिंहदरबार अर्कै पालिकामा सारेर लैजान बालेनकाे चुनौती

Author Image
बिहिवार, चैत ३०, २०७९

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्।

बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई चुनौती दिएका हुन्।

उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।’

उनले हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिएको हो भन्दै राजनीति चाहिएको होइन भनेका छन्।

यसअघि प्रमुख साहले १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने बताएका थिए। एक सातादेखि यी स्थानका फोहोर उठेका छैन। गत बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।

मन्त्रिपरिषद्‍ बैठकले महानगरसँग समन्वय गर्ने र समस्या समाधान गर्ने निर्णयसमेत गरिसकेको छ। यद्यपि, केन्द्र सरकार र महानगरबीच सम्बन्ध सुधार भएको देखिँदैन।

Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर