Aamsanchar

पाँचौ ओसियाना नेपाली क्रिकेट प्रतियोगितामा नेप्लिज क्रिकेट एशोशियसनको जित

Author Image
बिहिवार, चैत ३०, २०७९

अष्ट्रेलियाको क्यानबेरामा शुरु भएको  पाँचौ ओसियाना नेपाली खेलकुद मिटको क्रिकेट विधाको फाइनलमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का) ले न्यु साउथ वेल्सलाई ६ विकेटले पराजित गरेको छ।

न्यु  साउथ वेलसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एन्काले  १७ ओभर ३ बलमा  ४ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य पूरा गर्न सफल भयो ।

एन्काका लागि ओपनर मनिष खकुरेलले  ३८ बलमा २ चौका र १ छक्काको  साथ ३३ रनको  इनिङ खेले ।

कप्तान सुनम गौतमले ३६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७  रन बनाउँदा  आशिष पोख्रेलले १४ बलमा  अविजित १७ रन बनाए ।

वलेशका लागि  विवेक ,हेमन्त ,नितेश ,साहीलले समान १ र १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ वेलसले २० ओभरमा १० विकेट गुमाएर १ सय ११० रन बनाएको थियो ।

वलेसका लागि राजु न्यौपानेले  २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको  इनिङ खेलेका थिए ।  नितेश थापाले १८  बलमा १६ रन  बनाएका थिए ।
एन्काकालागि  उमेशले ४,बिज्ञान र दीपकले २ र २ ,सुनमले १ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच सुनम गौतम घोषित भएका थिए।
एन्का अध्यक्ष बिजय जोशीले यस ऐतिहासिक जीत दिलाउन सफल सम्पूर्ण  खेलाड़ी साथसाथै व्यवस्थापक र सम्पूर्ण एन्का परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

एन्काको  लागी खेल्ने खेलाडीहरू 
कप्तान सुनम गौतम, उप कप्तान दिपक क्षेत्री, सुवास खकुरेल, मनिष खकुरेल, अमित ज्ञवाली, रशिम कडेल, आशिष पोखरेल, कुलदिप ढुङ्गाना, प्रमेश गिरी, अंकित श्रेष्ठ, विज्ञान लुँइटेल, जेनिश श्रेष्ठ, उमेश बादु, धिरज  ज्ञवाली ९प्रशिक्षक०, अंकित पौडेल (व्यवस्थापक)

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर