बिर्तामोड । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने निर्णय गरेको जनाइएको छ।
झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन पानी सिरुवा, दोश्रो दिन कादो सिरुवा र तेश्रो दिन रंग सिरुवा मनाउने गर्दछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 9