

झापाको मेचीनगर नगरपालिका –१३ धाइजन चौक मा लागूऔषध ओसारपसार तथा बिक्री गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २० वर्षीया अनुजा राजवंशी ब्राउनसुगर सहित पक्राउ परेकी हुन ।

राजवंशीको साथबाट ९ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेकी राजवंशी उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको भनाई अनुसार मेचीनगर क्षेत्र प्रतिबन्धित लागूऔषधको बिक्री तथा कारोबारको हिसाबले रेड जोनमा रहेको छ ।
Views: 216

