Aamsanchar

शङ्कराचार्य पीठमा २४ घण्टे सामूहिक हरिनाम अखण्ड संकीर्तन सम्पन्न

Author Image
शुक्रवार, वैशाख १, २०८०

अर्जुनधारा ।  झापाको अर्जुनधारा–१ मा रहेको श्री शङ्कराचार्य पीठमा २४ घण्टे सामूहिक हरिनाम अखण्ड संकीर्तन सम्पन्न भएको छ ।

विश्व जीवनजगत् कल्याण हेतु मानव संसारलाई विशेष पावन चित्तशोधन, आत्मिक शान्तिको प्रवाह गर्न र २०७९ लाई बिदा गरि नयाँ वर्ष २०८० साललाई स्वागत गर्न अखण्ड हरिनाम संकीर्तन आयोजना गरिएको शङ्कराचार्यका पिठाधीश लक्ष्मीप्रसाद खतिवडाले बताए । हिजो बिहान ११ बजेर ११ मिनेटबाट सुरु भएको हरेराम हरेकृष्ण नाम अखण्ड कीर्तन आज बैशाख १ गते शुक्रवार बिहान ११ बजेर ११ मिनेटमा समापन भएको खतिवडाले जानकारी दिए ।

गुरुकुलका बटुकहरू, १५ भन्दा धेरै कीर्तन मण्डली समूह, गुरु पुरोहित, स्थानीय भक्तजन गरेर सायौंले अखण्ड कीर्तनमा आलोपालो सहभागी जनाएका थिए ।

अखण्ड कीर्तनको उद्घाटन १०८ स्वामी बलराम गिरिजी महाराज र समापन झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले गरेका थिए । सपरिवार सहित उपस्थित भएका प्रमुख अतिथि रेग्मीले समीको रूखमुनि आयोजना गरेको कीर्तनमा झ्याम्टा बजाउदै दुई फन्को मारेका थिए ।

कीर्तन समापनलाई धार्मिक वैदिक विधि अनुसार समापन गरिएको थियो । पीठका संरक्षक सदस्य बालकृष्ण खतिवडाले वैदिक विधि उच्चारण गरेका थिए ।

समापनमा प्रसाद भण्डारा पनि आयोजना गरिएको थियो । जसमा लागि भद्रपुर नगरपालिका चन्द्रगढी निवासी पुण्यकुमारी मैनालीले सौजन्यका लागि ८ हजार रुपैयाँ सहयोग गरेकी थिइन ।

पीठमा पछिल्लो १५ वर्ष यता यस्तो अखण्ड कीर्तन आयोजना हुन सकेको थिएन । यस वर्षबाट पुन कीर्तन गर्न सुरु गरिएको छ, अब हरेक नयाँ वर्षको सन्दर्भमा अखण्ड कीर्तन गर्ने कार्यलाई निरन्तरता दिने पीठ समितिले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर