Aamsanchar

राष्ट्रिय सभा बैठकमा आज यस्ता छन् कार्यसूची

Author Image
सोमवार, वैशाख ४, २०८०

काठमाडौं : राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले समितीको प्रतिवेदन छलफलका लागि पेश गर्ने कार्यसूची छ।

उनले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यन्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने भएकी हुन्।

बैठकमा पूर्व सांसद तेजमान तुम्बहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर