Aamsanchar

विराटनगर भन्सार कार्यालयमा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत मात्र राजस्व असुली

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

विराटनगर । विराटनगर भन्सार कार्यालयले कोभिड-१९ काे महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको गरेकाे थियाे ।

तर यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि राजस्व उठाउन नसक्ने देखिएकाे भन्सार कार्यालयले जनाएकाे हाे । आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

उक्त वर्ष लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत अर्थात २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा भने राजस्व लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असुली भएकाे हाे ।

उक्त आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा कम लक्ष्य राखिएको थियो । उक्त आर्थिक वर्षमा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा राजस्व भने ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ लक्ष्य राखियो । असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात अघिल्लो आर्थिक वर्ष भन्दा करिब ३९ करोड कम ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार मात्रै भयो ।

चालू आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य नै अघिल्ला वर्षहरु भन्दा करिब ११ अर्ब बढी ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । गत फागुन महिनासम्मको राजस्व संकलन भने विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै अर्थात् २२ अर्ब ३४ करोड ८ लाख रूपैयाँ रहेकाे छ ।

फागुन महिनासम्मको लक्ष्यमा असुली प्रतिशत भने ५७ दशमवल ३८ प्रतिशत रहेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी परशुराम दाहालले बताउनुभयाे । लक्ष्य भेट्टाउन विराटनगर भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँ भन्दा बढी राजस्व उठाउनु पर्दछ ।

भन्सार कार्यालयले बाँकी १ सय २४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असुली गर्नु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर