Aamsanchar

वित्तिय चर्को व्याज र मिटर ब्याजी साहु विरुद्ध भोली बिर्तामोडमा जनसभा हुने

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोड । बैंकको चर्को व्याज, लघुवित्तले लादेर गरेको शोषण र मिटर ब्याजी साहुले गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।सोही अवसरमा पार्टी सम्वद्ध जनवर्गीय सङ्गठनहरूको जिल्ला सम्मेलन गर्ने नेपाल कम्युनिष्ट पार्टीले तयारी पनि गरेको छ ।

वैशाख ६ गते (बुधबार) बिर्तामोड स्थित हनुमान कम्पेक्स अगाडि जनसभा गर्ने तयारी गरिएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका झापा जिल्ला इन्चार्ज प्रशान्त थापा (सी) ले बताए ।
झापामा भ्रष्टाचार, अनियमितता, कालोबजारी ठगी, लागूऔषध कारोबार, यौन व्यवसाय,  वैदेशिक हस्तक्षेप, तथा सीमा अतिक्रमण आदि विषयहरू  सम्मेलनका एजेण्डा हुने विज्ञप्तिमा उल्लेख छ ।
सभालाई  गोरखा जेलको कमान्डर पार्टीको स्थायी समिति सदस्य उमा भुजेल (शिलु) ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

वित्तीय संस्थाहरूले सर्वसाधारणलाई आर्थिक, मानसिक शोषण गर्दै आएको र त्यसमाथि मिटर ब्याजी साहुहरुले सर्वसाधारणहरूलाई उठिबास गराएको, वित्तिय क्षेत्रले जनतामा गरेको शोषण विरुद्ध सङ्घर्षको उद्घोष गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जनसभामा झापाका सयौँ लघुवित्त, मिटर व्याज पीडितहरूको सहभागिता रहने जानकारी गराउँदै देश र जनताको गम्भीरता पूर्वक चिन्ता गर्ने सबै देशभक्त, क्रान्तिकारी, सच्चा लोकतन्त्रवादी, राष्ट्रिय उधोग, मध्यमवर्ग लगायत सम्पूर्ण श्रमजीवी वर्गलाई पार्टी धु्रविकरणको लागि नेपाल कम्युनिष्ट पार्टीले अपिल गरेको छ ।

राष्ट्रको वर्तमान संकट, यस सङ्कटबाट फाइदा उठाउने यो देशको हित नचाहने बिभिन्न शक्ति केन्द्रहरूले पैदा गरेको भ्रम, षड्यन्त्रबाट जनतालाई बचाएर सही दिशा प्रदान गर्न नेपाल कम्युनिष्ट पार्टीले २०७१ साल देखि यि मुद्दालाई उठाउँदै आएको र यो मुद्दाहरूलाई टुङ्गोमा पुर्याइने गरि पार्टी लागि परेको इन्चार्ज थापाको भनाई छ ।

जनसभामा चार वटा भात्री संगठनहरू अखिल नेपाल क्रान्तिकारी युवा संगठन नेपाल, अखिल नेपाल ट्रेडयुनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी महिला संघ, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघका प्रतिनिधित्वले सहभागी जनाउने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा चर्को व्याजका कारण जीवन समाप्त पर्ने अवस्थामा पुगेका २१ जना महिलाहरुलाई सम्झाई बुझाई र परामर्स प्रदान गरिएको, ६० जना महिलाहरुलाई लघुवित्तका कर्मचारी संग प्रत्यक्ष भेट गराई वर्तमान अवस्थामा आर्थिक, मानसिक दवान नदिन आग्रह गरिएकोे  नेपाल कम्युनिष्ट पार्टी झापाले जनाएको छ । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर