Aamsanchar

एकैदिन कोरोनाले २ जनाको मृत्यु, १७१ संक्रमित थपिए

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमणबाट म‌ंगलबार एकैदिन दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा नेपालमा कोभिड संक्रमणबाट दुई जनाको मृत्यु भएको हो। यस्तै मंगलबार १७१ जना नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयको विवरण अनुसार यस अवधिमा २ हजार २९२ जनामा गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै हाल काठमाडौं उपत्यकामा २२ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन भने ८ जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेका छन्।

यसका साथै आज ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ३९७ जना सक्रिय संक्रमित रहेका छन्।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर