Aamsanchar

अन्तरजातीय विवाह गर्ने जोडीले एक लाख पाउने

Author Image
बुधवार, वैशाख ६, २०८०

सुर्खेत : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने भएको छ।चालू आर्थिक वर्ष २०७९/०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप ​एक लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ। यसका लागि नगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए।

यो आर्थिक वर्ष देखि विवाह गर्ने अन्तरजातीय जोडीले अव देखि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ पाउने उनले बताए। यो वर्ष अन्तरजातिय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको छ। वडा नम्बर ३ का सरोज बटाला र ७ की कमला परियारको जोडीले एक लाख रुपैयाँ पाउँदै छ।

उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए। उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रूपान्तरण अभियान अन्तर्गत यो कार्यक्रम बनाइएको हो। यसबाट सामाजिक सदभाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको उनले बताए।

समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस र उनीहरूलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाएको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)