Aamsanchar

पत्रकार दाहाल ‘नारी सञ्चार साधना’ र राजवंशी ‘युवा पत्रकारिता’बाट पुरस्कृत

Author Image
बुधवार, वैशाख ६, २०८०

बिर्तामोड । झापाली महिला पत्रकारहरुको संस्था नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा आज आयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त राशिको ‘नारी सञ्चार साधना सम्मान’ पुरस्कार प्रदान गरिएको हो ।

नारी सञ्चार गृहले २५ हजार रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता सुष्मा राजवंशीलाई प्रदान गरेको छ । १४ वर्षदेखि सक्रिय राजवंशी रेडियो साथी काँकडभिट्टामा समाचार प्रमुखका रुपमा कार्यरत छिन् ।

प्रदेश सरकारका सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा गत भदौ १८ गते बिर्तामोडमा आयोजित कार्यक्रमका बीच नारी सञ्चार गृहले यी दुई पुरस्कार घोषणा गरेको थियो । कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष  अम्बिका भण्डारीले पुरस्कृत प्रतिभाको नाम घोषणा गरेकी थिइन।

कार्यक्रममा दाहालको व्यक्तित्वमाथि पत्रकार जोस्ना श्रेष्ठले प्रकाश पारेकी थिइन  । दाहाल २०५४ सालदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी छन् । पत्रकार राजवंशीको व्यक्तित्वमाथि पत्रकार स्वस्तिका आचार्यले प्रकाश पारेकी थिइन।

कार्यक्रम नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतम र सञ्चालन सचिव भुमिका लिम्बुले गरेकी थिइन । यसै बिच नयाँ कार्यसमिति लाई पदभार हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)