Aamsanchar

अर्जुनधाराका अधिकारी दाजुभाइद्वारा एक दर्जन बढी आमा सम्मानित

Author Image
शुक्रवार, वैशाख ८, २०८०
चारपाने । माता तीर्थ औशीको सन्दर्भ पारेर झापा अर्जुनधारा नगरपालिका –५ पानीकल का टेकनाथ अधिकारी (महेन्द्र) र कैलास अधिकारीले आफ्नी दिवंगत आमाको जन्म जयन्तीको दिन १६ जना समाजका आमाहरूलाई आफ्नै आमा सम्झेर सम्मान गरी मिष्ठान्न भोजन खुवाएका छन् ।
आज (शुक्रबार) आमा तीर्थकुमारी अधिकारीको ८० औं जन्मजयन्तीको दिन आमा सँगै मेलापात, घाँस दाउरा, ऐँचोपैँचो गर्ने आमाका समकालिक साथी, हितैसी, जीवनको उत्तरार्धमा पुगेका गाउँका ज्येष्ठ आमाहरू आफ्नै आमा जस्तो लाग्ने गरेको र माता पिताको सम्मान हुन सके मात्र तीर्थ व्रत , धर्मकर्म गरेको सार्थक हुने सन्देश दिन छिमेकी आमाहरूलाई आफ्नै आमा सम्झेर सम्मान गरेको महेन्द्र अधिकारीले बताए ।
समाजमा आमाबुवालाई वृद्धाश्रम पुर्याउने संस्कार मौलाई रहेको अवस्थामा आमाबुबाहरू भगवान स्वरुप जिउदो तीर्थ हुन र सन्तानहरूले आफ्ना  आमाबुवालाई घरमा मात्र होइन सामाजिक रुपमा सम्झने सामाजिक परम्पराको थालनी  भएको भन्दै समाजका अगुवाहरूले अधिकारी दाजुभाइलाई धन्यवाद दिएका छन् ।
स्वर्गीय आमा तीर्थकुमारीका श्रीमान तोयानाथ अधिकारीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा स्थानीय समाजसेवी एलबहादुर गिरी, व्यवसायीहरू नेत्र नेपाल, केदार शमशेर गिरीलगायतले आमाको महत्व बारे धारणा राखेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
Views: 240

प्रतिक्रिया (०)