Aamsanchar

बिर्तामोडमा बडी बिल्डिङ प्रतियोगिताको तयारी, प्रथम पुरस्कार ३ लाख माथि

Author Image
शनिवार, वैशाख ९, २०८०

 बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी जेठ १२ र १३ गते आयोजना हुने प्रतियोगिता बडी ग्यारेज (जिम हाउस) ले आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको माध्यमबाट व्यायाम प्रति आकर्षण र अभिरुची जागृत गराई स्वास्थ्य र निरोगी जनशक्ति तयार पारी खेलकुद क्षेत्रको विकास गर्दै देश विकासमा समेत टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आज (शनिवार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक  समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए ।

कोशी प्रदेश स्तरीय प्रतियोगिताका लागि ५५,६०,६५ र ७५ केजी भन्दा माथि तौल समूहका गरि ६० जना भन्दा धेरै खेलाडीहरू प्रतिष्पर्धामा सामेल हुने कार्यक्रम संयोजक राम दाहालले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय २ लाख ५० हजार, तृतीय १ लाख ५० हजार, चौथो १ लाख, पाँचौँ ७५ हजार पुरस्कार रहेको छ । त्यस्तै हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने अर्का संयोजक दीपिन चौधरीले जानकारी दिए ।

विगत ५ वर्ष अघि स्थापना भएको बडी ग्यारेजले गत वर्ष देखि मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता गर्न थालेको हो । यस वर्ष खेललाई अझ परिष्कृत र उत्कृष्ट बनाउन आयोजकले खेलाडी सुविधाहरू थप गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लाबाट आउने खेलाडीहरूलाई यातायात, खाना र बस्नको सुविधा आयोजकले व्यवस्थापन गर्ने भएको छ । यस अघिको प्रतियोगितामा खेलाडीहरूले यो सुविधा पाएका थिएनन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजना हुने प्रतियोगिता अन्तरगत जेठ १२ गते अतिथि सदनमा प्रि जजिङ र १३ गते सिटी सेन्टरमा फाइनल प्रतियोगिता हुने छ । फाइनलमा २५ जना जति खेलाडी पुग्न सक्ने अनुमान गरिएको कार्यक्रम व्यवस्थापन समितिका सचिव राजेश गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर