Aamsanchar

बैरागी काइँला ‘वानीरा प्रज्ञा पुरस्कार’ बाट सम्मानित

Author Image
सोमवार, वैशाख ११, २०८०

काठमाण्डाै – साहित्यकार बैरागी काइँला एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनु भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई  ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित वानीरा पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, भीमबहादुर बोटेलाई पनि २५ हजार नगदसहित वानीरा सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१