Aamsanchar

नेपालको झण्डा उपहार दिँदै जितनारायणले रवि लामिछानेलाई बधाई दिए

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

चितवन : नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन्। चितवन-२मा मत गणना बाँकी रहँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि श्रेष्ठले नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन्। आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले शुभकामना दिए। ‘क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ‘उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ‘जीतको नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताए। प्राप्त मतलाई दम्भ नभई अवसरका रुपमा लिने उनको भनाई छ। ‘मलाई उहाँले झन्डा मात्रै होइन ठूलो जिम्मेवारी दिनुभएको छ। चुनावी दौरानमा भएका संवाद सुरु गर्दा सकारात्मक रुपले हामीभित्र असल मानिसको जम्काभेट भएको महसुस गरेको छु ,’ लामिछानेले भने , ‘नयाँ पुस्ताले अभ्यास गर्ने लोकतन्त्र स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो। सहकार्यको लागि हात बढाउनु भएको छ त्यो मेरो लागि सुखद छ।’

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर